back
NMB ad

स्ट्याण्डर्ड चार्टर्डको नाफामा छलाङ : अधिकांश सूचकमा सुधार, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवमा सवार २ अर्ब बढी नाफा कमाएको छ । बैंकले गत आवको चौंथो त्रैमासमा २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको हो ।

बुधवार बैंकले सार्वजनिक गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकको यो नाफा अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा भने ६२.२७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ३९ करोड ८८ हजार ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ४४.८६ प्रतिशतले वृद्धि भई ३ अर्ब ७५ करोडठ ७३ लाख ८० हजार रुपैयाँ पुगेको छ । बैैंकले अघिल्लो आवमा भने २ अर्ब ५९ करोड ३७ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, उक्त अवधिमा बैंकको संचालन मुनाफा पनि ६१.५४ प्रतिशतले वृद्धि भई ३ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ८ अर्ब ६७ करोड ४९ लाख ४१ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकले खराब कर्जा पनि ०.३७ प्रतिशतले घटाएर ०.५९ झारको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसाले वृद्धि भई २४ रुपैयाँ ७ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ साउन ११ बुधवार १३:१९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...