back
NMB ad

५५ %ले बढ्यो सिवाईसी नेपालको नाफा : अधिकांश सुचकहरुमा सुधार, कस्तो छ वित्तीय प्रगति ?

Kumari bank ad

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले गत आवको असार मसान्तसम्ममा ८ करोड ३ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ५५.०८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ५ करोड १८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ५७.२३ प्रतिशतले वृद्धि भई २१ करोड ९९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको संचालन मुनाफा पनि ६२.११ प्रतिशतले वृद्धि भई ३ करोड ३८ लाख ३० हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २८ करोड ८ लाख १९ हजार रुपैयाँ राखेको छ ।

यस्तै, उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि २.८९ प्रतिशतले घटाएर १.९५ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ९५ पैसाले बढेर ६६ रुपैयाँ ४ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८६ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ साउन १३ शुक्रवार १२:५५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...