काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको संस्थापक सेयर बोलपत्रद्वार सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक सेयरधनी तथा कम्पनीको नाममा रहेको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको न्युनतमा मूल्य प्रतिसेयर १३१ रुपैयाँ तोकिएको छ ।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति। र्फम कम्पनी तथा संगठित संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
सेयर खरिदका लागि शिलबन्दी बोलपत्र आउँदो साउन २२ गते अपरान्ह ३ बजेसम्म पेश गर्नुपर्ने कम्पनीले जनाकएको छ । बोलपत्र पेश गर्दा न्युनतम १ हजार कित्ताका लागि र अधिकतम सम्पूणर्का कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धकमा सनराइजन क्यापिटल लिमिटेड रहेको छ ।
विस्तृतका लागि हेर्नुहोस्, सूचना
वि.सं.२०७९ साउन १५ आइतवार १२:१६ मा प्रकाशित