back
NMB ad

मन्दाकिनी हाइड्रोपावरको आईपीओ ४ बजे बाँडफाँड हुँदै, कति हात पर्ला त १० कित्ता ?

Kumari bank ad

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आईपीओ आज बाँडफाँड हुने भएको छ कम्पनीको आईपीओ आज अर्थात मंगलबार दिउँसो ४ बजे बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने तयारी भएको छ ।

कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्काशन गरेको थियो ।

जसमध्ये जारी पूँजीको २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १६ लाख १० हजार ९ सय २६ जना लगानीकर्ताहरूले १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुनेछ । रितपूर्वक आवेदन दिने १ लाख ९ हजार ३७४ जना आवेदकले मात्रै १०/१० कित्ताका दरले कम्पनीको सेयर पाउनेछन् । बाँकी सबैको हात खाली हुने देखिएको छ ।

वि.सं.२०७९ साउन १७ मंगलवार ११:२८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ जेठ १३ आइतवार १५:२०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:१३

काठमाडौं ।साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

पूर्वाधारको पर्खाइमा कोरला नाका   

पूर्वाधारको पर्खाइमा कोरला नाका   

वि.सं.२०८१ जेठ १३ आइतवार १४:३०

म्याग्दी, १३ जेठ : उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको...

प्रभु बैंक र  फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १३ आइतवार १४:१६

पोखरा । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी...

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

वि.सं.२०८१ जेठ १३ आइतवार १३:५९

काठमाडौँ, १३ जेठ : नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को...