back
NMB ad

नेपाल बैंकले कमायो ३ अर्ब २६ करोड नाफा, वितरण योग्य नाफामा ५५%ले घट्यो

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवमा बैंकले ३ अर्ब २६ करोड ६० लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवमो सोही अवधिको तुलनामा भने १०.२९ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ९६ करोड १२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी ७.२३ प्रतिशतले वृद्धि भई ६ अर्ब ८८ करोड ४७ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

बैंकको संचालनमा मुनाफा भने ५.४४ प्रतिशतले घटेर ४ अर्ब ११ करोड १० लाख ११ हजार रुपैयाँ कायम भएको छ । गत आवमा बैंकको वितरण योग्य मुनाफा ५५ प्रतिशतले घटेर १ अर्ब ५४ करोड ६६ लाख ८४ हजार रुपैयाँ कायम भएको छ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २१ अर्ब ३८ करोड ५ लाख ५५ हजार रुपैयाँ राखेको छ । बैंकको खराब कर्जा भने ०.१५ प्रतिशतले घटेर १.९ प्रतिशत कायम भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि झिनो घटेर २२ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेवटर्थ २४८ रुपैयाँ ४२ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २२ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...