काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउमा कुनै थपघट भएको छैन ।
अघिल्लो दिन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि पनि सोही मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसारका लागि तेजावी सुनको भाउ पनि ९५ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी पनि सोही मूल्यमा खरिदबिक्री हुनेछ ।
वि.सं.२०७९ साउन २३ सोमवार १०:५० मा प्रकाशित