back
NMB ad

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक : यस्ता छन् सुविधा

Kumari bank ad

काठमाडौं । ग्राहकहरुको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पु¥याउने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ ।

वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहनुभएका महानुभावहरुको लागी विभिन्न आकर्षक सुबिधाको साथ उच्चतम् ब्याजदर सहितको वित्तीय ब्यवस्थापनको सुबिधाहरु भएको यस निक्षेप खाताहरुले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

आजको स–साना बचतले भविष्यको ठुला वित्तीय आवश्यकताहरु सहज रुपमा ब्यवस्थापन हुन्छन भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरुको वित्तीय ब्यावस्थापन सहित ११.०३ प्रतिशतको उच्चतम् ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको हो ।

यस निक्षेप खातामा बैंकले खातावाहकहरुलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । यस खातामा न्यूनतम् रु १,००० देखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक रु ५०० को गुणाङ्कमा न्यूनतम् १ वर्ष देखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ ।

यदि रिकरिङ्ग निक्षेप खातावाहक महानुभावलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९०%सम्म कर्जा पाउने ब्यवस्था रहेको छ ।

बिओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक यस बैंकले सार्वजानीक गरेको हो ।

खाता वाहकहरुको वर्तमानको वित्तीय ब्यवस्थापन सहित आर्कषक ब्याजदरको ब्यवस्था रहेको बिओके रिभर्स रिकरिङ्ग निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजना अनुसार अन्य खाताहरुमा रकमान्तर गर्ने सुबिधा रहेको छ । न्यूनतम् कुल मौज्दात रु २ लाख भएको यस खातामा ग्राहकहरुलाई वार्षिक ११.०३ प्रतिशतको उच्चतम् ब्याज मासिक रुपमा आम्दानी हुनेछ ।

यस खातामा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय ब्यवस्थापन अवधि रहेको छ ।
साथै, यस रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५०% सम्म क्रेडिट कार्ड सुबिधा रहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

वि.सं.२०७९ साउन २३ सोमवार १६:३० मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...