back
NMB ad

१२% ले घट्यो डिप्रोक्स लघुवित्तको नाफा: वितरण योग्य नाफा साढे ४१ करोड बढी, इपिएस कति ?

Kumari bank ad

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ५७ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ५७ करोड ४० लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने १२.११ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ६५ करोड ३१ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि सामान्य वृद्धि भएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले वृद्धि भई  १ अर्ब ३८ करोड ५३ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा कम्पनीको संचालन मुनाफा ८१ करोड ९९ लाख ३८ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीको वितरण योग्य नाफा ४१ करोड ७२ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ९२ करोड ६१ लाख ७७ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि झिनो वृद्धि भई १.०३ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खराब कर्जा ०.९२ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ६६ पैसा रहेको छ ।

 

 

 

 

वि.सं.२०७९ साउन २५ बुधवार १२:११ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...