काठमाडौं । आज नबील बैंकको सेयर मूल्य वृद्धि भएको छ । बैंकको सेयर मूल्य १.१२ प्रतिशतले वृद्धि भएको हो ।
साताको दोस्रो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँ ४० पैसाले वृद्धि भई ७९९ रुपैंया ४० पैसा कायम भएको छ ।
नेप्सेका अनुसार आज बैंकको ४ करोड १५ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ५२ हजार ३४६ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ साउन ३० सोमवार १६:२० मा प्रकाशित