back
NMB ad

यस्तो छ ज्योति विकास बैंक लाभांश क्षमता ! (पाँच वर्षे इतिहास सहित)

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले ७० करोड बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा बैंकले ७० करोड १५ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५.४८ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६६ करोड ३८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी पनि २३.२२ प्रतिशतले वृद्धि भई १ अर्ब ९५ करोड २ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा बैंकको संचालन नाफा १ अर्ब २० लाख ४३ हजार रुपैयाँ रहेको छ । गत आवमा बैंकको वितरण योग्य नाफा २५ करोड १० लाख १४ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश क्षमता भने ८.२७ प्रतिशत देखिएको छ ।

बैंकको चुक्ता पुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ४ करोड ३९ लाख ४१ हजार रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७३ पैसा रहेको छ ।

यस्तो छ बैंकको पाँच वर्षे लाभांश इतिहास

बैंकले आव २०७३/७४ मा १० प्रतिशत लाभांश वितरण गरेको छ । बैंक उक्त आवमा आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर मात्र वितरण गरेको छ ।

यस्तै, आव २०७४/७५ मा बैंकले ८.४ प्रतिशत बोनस, आव २०७५/७६ १२.७५ र आव २०७६/७७ १० प्रतिशत बोनस सेयर मात्र दिएको छ । यी तीनै आवमा बैंकले नगद लाभांश लगानीकर्तालाई लाभांश दिएको छैन ।

त्यसैगरि आव २०७७/७८ भने भने बैंकले १५.५ प्रतिशत लाभांश दिएको छ । उक्त आवमा बैंकले ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

वि.सं.२०७९ साउन ३० सोमवार १७:५९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...