back
NMB ad

यस्तो आयो अभियान लघुवित्तको आईपीओले पाउने ओपन रेञ्जको संकेत !

Kumari bank ad

काठमाडौं । सोमबार अर्थात साउन ३० गते अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा विहान ९ बजे बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट वितरण गरिएको थियो । रितपूर्वक आवेदन दिने ९१ हजार ३७५ जनाले कम्पनीको सेयर हात पारेका छन्।

कम्पनीको आईपीओ २० लाख ७९ हजार ७८८ जनाको आवेदन परेको थियो । यीमध्ये १९ लाख ८८ हजार ४१३ जनाको हात खाली भएको छ ।

अब कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरणको प्रक्रियामा जानेछ । नेप्सेबाट कम्पनीको आईपीओ पहिलो कारोबारका लागि १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ८ पैसासम्म ओपन रेञ्ज पाउने संकेत देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ३६ पैसा रहेको छ । जसका आधारमा कम्पनीको आईपीओले पहिलो कारोबारका लागि १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ८ पैसासम्म ओपन रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थको आधारमा तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले साउन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीले कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि छुट्याएको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

वि.सं.२०७९ साउन ३१ मंगलवार १७:२९ मा प्रकाशित

You can share this post!

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५५

पाटन (ललितपुर), १८ वैशाख : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर...

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १,...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:३४

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने...