काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार कम्पनीले नोक्सानी घटाएको छ । गत आवमा कम्पनीले २ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा देखिएको हो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनी ४० लाख ७५ हजार रुपैयाँ नोक्सानीमा थियो ।
गत आवमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी गरेको छैन ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने ९ करोड ३८ लाख ८३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि अझै १ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ ७० पैसा रहेको छ ।
वि.सं.२०७९ भदौ १ बुधवार १२:०७ मा प्रकाशित