काठमाडौं । नेपालीहरुको वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क साढे ६ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ६.६५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क १.६० प्रतिशतले वृद्धि भएको थियो ।
मंगलबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
२०७९ असार महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ९.०९ प्रतिशतले वृद्धि भएको छ । २०७८ असार महिनामा यस्तो सूचकाङ्क २.७६ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ८.९९ प्रतिशतले वृद्धि भएको छ ।
वि.सं.२०७९ भदौ १ बुधवार १३:३३ मा प्रकाशित