
काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले हुवासिन सिमेन्टलाई ४३ ग्रेड सिमेन्टको नेपाल गुणस्तर चिन्ह(एनएस) दिएको छ। विभागले सिमेन्टको गुणस्तर परीक्षण गरेर एनएस दिएको हो।
उद्योगले गत मंसिरमा एनएसका लागि आवेदन दिएको थियो। आवेदन अनुसार गुणस्तर चिन्नको प्रमाणपत्र उद्योगलाई दिने निर्णय भइसकेको विभागकी प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिनुभयो।
एनएस पाएपछि उद्योगले सिमेन्ट बिक्री सुरु गरिसकेको छ।उद्योगले अहिले ओपीसी र पीपीसी दुबै सिमेन्ट उत्पादन सुरु गरिसकेको छ।
उद्योगले ओपीसी सिमेन्ट ६ सय ४० रुपैयाँमा र पीपीसी सिमेन्ट ५ सय ४० रुपैयाँमा बिक्री गरिरहेको छ।
वि.सं.२०७९ भदौ १३ सोमवार १३:१६ मा प्रकाशित