काठमाडौं । बुधबार सेयर बजार २१.९७ अंकले घटेको छ । उक्त दिन बजार परिसुचक नेप्से १९७३.३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा थोरै बढेको छ । आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२ हजार७७३ कित्ता सेयर खरिद बिक्री भएको हो ।
आज नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ७४ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
उक्त दिन कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिडी पावर कम्पनीको ६ करोड ४० लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७९ भदौ १५ बुधवार १५:१० मा प्रकाशित