काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैंया तोकेको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य ३० रुपैंयाले घटेर १ हजार १०० रुपैंयामा कारोबार भएको छ ।
वि.सं.२०७९ भदौ १६ बिहीवार ११:२६ मा प्रकाशित