काठमाडौं । डोल्टी पावर कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।
वि.सं.२०७९ भदौ १६ बिहीवार ११:५१ मा प्रकाशित