back
NMB ad

संसदमा एमाले र कांग्रेस सांसदको सवाल जवाफ 

Kumari bank ad

काठमाडौं, २१ भदौ

प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरु बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख सचेकतसमेत रहेका विशाल भट्टराईले विधेयकमाथि धारणा राख्दै संशोधन प्रस्ताव पेस गरे।

सो क्रममा सरकार र सत्तारुढ दलप्रति उनी आक्रमक रुपमा अभिव्यक्ति दिए । एक्लै चुनाव लड्न गठबन्धन आवद्ध दललाई चुनौती दिँदै उनीहरुले गठबन्धनप्रति टिप्पणी गरे । बालुवाटारमा गठबन्धनको बैठक बसेकोप्रति आपत्ति जनाउँदै खर्च राज्यकोषले व्यहोर्नुपरेको बताए ।

यसपछि संशोधन प्रस्ताव पेस गर्दै कांग्रेस सांसद प्रकाश रसाइलीले एमाले सांसदलाई जवाफ दिँदै भने, ‘मध्यराति संसद विघटन गर्ने, संसद चाहिँदैन भन्ने, अहिले त्यही सांसद पदको लागि भोट माग्दै हिँड्ने ?’

आफूले गठबन्धन गर्दा पवित्र हुने र अरुले गर्दा अपवित्र हुने भन्दै एमाले सांसदलाई प्रश्न गर्दै उनले भने, ‘हिजो एमाले पनि गठबन्धन गरेर गएको थियो, त्यतिखेर कांग्रेस एक्लै लडेको थियो । अहिले अरुले गठबन्धन गर्दा अपवित्र हुने ?’

कांग्रेस र एमालेका सांसदले भने प्रतिनिधिसभाको कार्यकाल मनोनयन दर्तासँगै सकिनुपर्ने प्रस्ताव गरेका छन् ।

वि.सं.२०७९ भदौ २१ मंगलवार १४:५५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...