काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सेयर धनी सदस्यलाई १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
वीमा समितिबाट भदौ २० गते स्वीकृत भएको ०७७।०७८ को वित्तिय विवरणमा १४.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७६ प्रतिशत गरी कुल १५.२६ प्रतिशत लाभांश आगामी साधारण सभाबाट पारित गरेपछि वितरण गर्ने उल्लेख गरेको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्व ५३ करोड ९८ लाख ३५ हजार रुपियाँ रहेको छ ।
वि.सं.२०७९ भदौ २२ बुधवार ०७:१९ मा प्रकाशित