back
NMB ad

प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टनलाई संघको मान्यता

Kumari bank ad

काठमाडौं । भदौ ३१ गतेबाट सुरू हुने प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताले राष्ट्रिय मान्यता पाएको छ ।
राष्ट्रिय मान्यता पाए संगै सो प्रतियोगितामा खेल्ने राष्ट्रिय खेलाडीले र्यांकिङ प्वाइन्ट पाउने नेपाल ब्याटमिन्टन संघले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका –७ चेकपोष्टस्थित महांकाल ब्याडमिन्टन कभर्ड हलको आयोजनामा हुने सो प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरू महांकाल ब्याडमिन्टन कभर्ड हलमा असोज ३ गतेसम्म सञ्चालन हुनेछन् ।

चन्द्रागिरि नगरमै पहिलोपटक हुन लागेको सो प्रतियोगितामा पुरूष एकल (शीर्ष २०), महिला एकल (शीर्ष २०), पुरूष एकल (शीर्ष २० बाहेक), महिला एकल (शीर्ष २० बाहेक), पुरूष युगल खुल्ला (शीर्ष २० बाहेक), पुरूष युगल ४५ वर्षमाथि र पुरूष युगल चन्द्रागिरि वडास्तरीय विधामा प्रतिस्पर्धा गराइने आयोजक महांकाल कभर्ड हलका अध्यक्ष देवेन्द्र महतले जानकारी दिए ।

प्रतियोगिताको पुरूष तथा महिला एकलतर्फको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले ३० हजार रूपैयाँ तथा तेश्रो स्थान हासिल गर्ने खेलाडीले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगिताको पुरूष तथा महिला एकलतर्फ बाहेकका विधाका विजेताले नगद ३० हजार रूपैयाँ, उपविजेताले २५ हजार रूपैयाँ तथा तेश्रो स्थान हासिल गर्ने खेलाडी तथा जोडीले १० हजार रूपैयाँ नगद पुरस्कार पाउने बताइएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि भदौ २५ गतेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १३:५२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंक सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंक सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...