back
NMB ad

निर्देशक दिनेश लिङ्देनले गरे प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा

Kumari bank ad
काठमाडौंनिर्माता तथा निर्देशक दिनेश लिङ्देनले पाँचथर जिल्लाबाट प्रतिनिथि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन्। उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाँचथरबाट  उम्मेदवारी दिने भएका हुन्।पाँचथरमा एउटामात्र प्रतिनिधिसभाकाे निर्वाचन क्षेत्र छ।  

निर्माता तथा निर्देशक लिङ्देनले सीप– योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्य उपचार भन्ने मुख्य एजेन्डा लिएर पाँचथरबाट संघीय सांसदका लागि उम्मेदवारी दिने बताएका छन् ।

लिङ्देन लामो समय नेकपा माओवादीको विभित्र संगठनहरुको केन्द्रीय कमिटिमा रहेर काम गरिसकेका छन् । ‘माओवादीलगायत अन्य सबै राजनीतिक दलका नेतृत्वहरु देश र जनताभन्दा पनि सत्ता र स्वार्थमा मात्र बढी केन्द्रित रहेकोले अब उनीहरुबाट कुनै सम्भावना छैन’, उनले भने, ‘पार्टीको कार्यकर्ताका नाममा राजनीति दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकोले उम्मेदवारी दिने घोषणा गरेको हु।

उनले पाँचथर र पाँचथरवासीका लागि निस्वार्थ भावसहित सांसद वा माननीय नभई एउट सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारी दिएको दाबी गरे ।

उनले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका एक दर्जन बढी फिल्म निर्देशन गरिसकेका छन् ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १४:१६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...