back
NMB Ad

नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द  


खोटाङ ।
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार वडा सदस्यले शुक्रबारदेखि वडाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् । फरक दलले जितकै कारण वडालाई योजना नदिने, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले गरेका सम्पूर्ण कार्यहरुमा अवरोध गर्ने र दुःख दिने, कर्मचारी हेरफेर गरेकाले वडाको औचित्यमाथि प्रश्न उठेकाले सेवा बन्द गर्नुपरेको वडाध्यक्ष चौहानले बताए । 

    गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा गठबन्धनका वावजुद दोर्पाचिउरीडाँडामा चौहानसहित पाँच जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका हुन् । नगरपालिकामा गठबन्धनबाट कांग्रेसका तीर्थराज भट्टराई मेयर र माओवादी केन्द्रका बिसन राई उपमेयरमा बिजयी भए । मेयर भट्टराई र उपमेयर राईले अभिभावकको भूमीका निर्वाह गर्नुपर्नेमा दलगत र समुहगत रुपमा वडालाई पक्षपातपूर्ण व्यवहार गर्नु दुःखद र संघीयता बिरोधी कार्य भएको चौहानले बताए । 

    मेयर र उपमेयरले लिखितरुपमा वडामा हस्तक्षेप नगर्ने प्रतिवद्धता नजनाएसम्मका लागि वडा कार्यालयबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘गठबन्धनको उम्मेदवारले नजितेकै कारण समग्र वडाबासीलाई असर  पार्नेगरी हस्तक्षेप गरेर कानूनी राज्यको खिल्ली उडाइएको छ,’ वडाध्यक्ष चौहानले भने, ‘नगरपालिकाको हस्तक्षेपबाट वडाले गर्ने काम, कर्तव्य र अधिकार प्रयोग गर्न सक्ने कुनै आधार देखिँदैन । वडा कार्यालय सञ्चालन गर्नुपर्ने आवश्यकता र औचित्यमाथि प्रश्न चिन्ह खडा भएको छ ।’ फरक अस्था र विचार राख्ने करारका कर्मचारीलाई विना जानकारी हटाउँदा वडाको सेवा समेत प्रभावित भएको चौहानले बताए । 

वडाध्यक्ष चौहानले उपभोक्ता समितिमा आफ्नो कार्यकर्तालाई राख्न नपाएको रिसमा मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि भुक्तानी रोकेको, खावाडाँडा र वाबारी एकीकृत वस्ती निर्माण, गोल्डेन चक्रपथ निर्माण, स्यालदुलो–तालचौंर सडक, अन्नपूर्ण मावि घेरावारा र पंखु लप्से खानेपानी योजना निर्माणमा अख्तियारमा मुद्धा हाल्न लगाएर अवरोध गरेको आरोप लगाएका छन् । 

    यस्तै, चुच्चेढुंगा दोवेला सिँचाई योजना उपभोक्ता समिति गठनका विषयमा नगरपालिकामा उजुरी हाल्न लगाइएको बताए । वडामा भइरहेका विकास निर्माणमा अवरोध पुर्‍याउन गठबन्धनका स्थानीयलाई योजनावद्ध उजुरी हाल्न उक्साउने गरिएको चौहानले दावी गरे । 

  स्टीमेटअनुसार सडक ढलान नभएको, अन्नपूर्ण माविको खेलमैदान र घेराबारा बनेको केही समयमै भत्किएको, एकीकृत वस्ती विस्तार योजना अलपत्र परेको लगायतका विषयलाई गठबन्धन दलले उठाउँदै आएको छ । दलीय स्वार्थले द्धन्द्ध सिर्जना भएपछि वडाको विकास निर्माणमा प्रत्यक्ष असर परिरहेको छ । 

वि.सं.२०७९ भदौ २५ शनिवार ०६:५१ मा प्रकाशित

You can share this post!

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१७

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास...

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१०

रामहरि न्यौपाने त्रिशूली (नुवाकोट) : गोरखा भूकम्पको १० वर्षपछि पनि...

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:०२

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि सिंहदरबार पुगेको...

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:५४

चितवन : साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर...

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:०८

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलनलाई लिएर...

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १३:५८

काठमाडौँ : नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको...