काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैंया तोकेको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार १५० रुपैंयामा कारोबार भएको छ ।
वि.सं.२०७९ भदौ २६ आइतवार ११:०४ मा प्रकाशित