back
NMB ad

प्रदेश सांसदसहित जसपाका नेताकार्यकर्ता एमालेमा प्रवेश

Kumari bank ad

काठमाडौं । मधेश प्रदेशका जनता समाजवादी पार्टीका सभासद रुही नाज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

सर्लाही निर्वाचन क्षेत्र नं.२ निवासी सांसद नाज, सर्लाही जिल्ला समन्वय समितिका पूर्व प्रमुख मेथुर चौधरी र मलङ्गवा नगरपालिकाका पूर्व नगरप्रमुख निरशल साहलगायतका जसपाका नेताहरू एमालेमा प्रवेश गर्नुभएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँहरूलाई खादा लगाई स्वागत गर्नुभयो ।

पार्टी प्रवेश गर्नेहरूमा जसपाका प्रदेश समिति सदस्य किसुनदेव यादव, जिल्ला उपाध्यक्ष देवेन्द्र यादव, कौडैना गाउँपालिका अध्यक्ष राजनन्दन चौधरी, मलङ्गवा नगर समितिका सन्तोष दास, सुशील चौधरी, वडाध्यक्षका उम्मेदवार वीरेन्द्र राय, रामचन्द्र राय, उपेन्द्र राय, पुदनी चौधरी, वैधनाथ राय, नन्दकिशोर राय, पर्साका रामबाबु यादव, सुरेन्द्र साह, नवीन राय, कौशल राय र गोविन्द पासवान हुनुहुन्छ ।

त्यसैगरी जसपाका नेताहरू नथुनी चौधरी, सञ्जय जयसवाल, विसुन्धर चौधरी, मलङ्गवाका शत्रुघन यादव र देवरलाल राय पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

त्यस्तै, नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा महासमिति सदस्य महम्मद जुनेद रिजवी र माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सनम नेपाल पनि एमालेमा प्रवेश गर्नुभयो ।

सो पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एकमात्र लक्ष्य र गन्तव्य तय गरेको पार्टी प्रवेशको सही छनौट गर्नुभएकोमा नवप्रवेशी सबैलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनले देशको भविष्य फैसला गर्ने हुँदा सामान्य र नियमित प्रक्रियामात्र नभई महत्वपूर्ण निर्वाचन भएकोले एमालेलाई विजयी बनाउने गरी लाग्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले नवप्रवेशीहरूलाई अब एउटै परिवारको सदस्य हुनुभएको र पार्टीभित्र कसैप्रति भेदभाव र पक्षपात नहुने विश्वास दिलाउनुभयो ।

नेकपा (एमाले) सर्लाहीको संयोजनमा भएको कार्यक्रममा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले नवप्रवेशीलाई टीका लगाई स्वागत गर्नुभएको थियो ।

वि.सं.२०७९ भदौ २६ आइतवार १७:३८ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...