back
Hero Ad

श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ आज सोमबार बाँडफाँड भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आइपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा १ हजार ३१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५०कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले कुल ३ लाख ९३ हजार ७५०कित्ता मध्ये ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषलाई बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणले आवेदन दिएका हुन् ।

श्रीजनशील लघुवित्तको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ ।

आईपीको नतिजा हेर्नका लागि :

कम्पनीको वेबसाइट :  https://www.shrijanshil.org/np

बिक्री प्रबन्धकको वेबसाइट :  https://www.sunrisecapital.com.np/

मेरो शेयरको वेबसाइट :  https://meroshare.cdsc.com.np/#/login

सिडिएसको वेबसाइट :  https://iporesult.cdsc.com.np

वि.सं.२०७९ भदौ २७ सोमवार ११:४० मा प्रकाशित

You can share this post!

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:०८

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा...

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

वि.सं.२०७९ असोज २० बिहीवार २०:०६

भरतपुर । पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको...

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

वि.सं.२०७९ असोज २० बिहीवार १६:१६

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका...