back
NMB ad

नाडा ईभी एक्स्पोमा प्रि–टिकट बुकिङ खुल्ला, अनलाइन टिकट काट्न सकिने

Kumari bank ad

काठमाडौं । नाडा ईभी एक्स्पोमा प्रि–टिकट बुकिङ खुल्ला भएको छ। असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलोपटक विद्युतीय सवारी एक्स्पोमा अनलाइन टिकट काट्न सकिने भएको हो।

नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नाडा अटो शो गर्ने तयारी भइरहँदा सरकारले अटो आयातमा प्रतिबन्ध लगाएसँगै ईभी एक्स्पो गर्न लागिएको बताउनुभयो।

नाडा अध्यक्ष थापाले अनलाइन टिकेटिङको व्यवस्था गरेको जानकारी दिए। थापाका अनुसार प्रि–बुकिङ गर्न सकिन्छ। प्रि–बुकिङमा छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

नाडा ईभीमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २ सय रूपैयाँ लाग्नेछ।

नाडाका अनुसार असोज ५ गतेसम्म प्रि–बुकिङको व्यवस्था गरिएको छ। खल्ती एपबाट टिकट बुक गर्दा २० प्रतिशत सहुलियतमा पाइन्छ ।

नाडाका अनुसार विद्युतीय गाडीले १० प्रतिशत बजार हिस्सा ओगटिसकेको छ । अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने बताइएको छ।

नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी भएको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने उक्त एक्स्पोमा सेमिनार समेत हुने नाडाले जनाएको छ ।

एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ । सिएटद्वारा प्रायोजित नाडा साधन,पार्ट पुर्जा,वित्तीय सेवा उपलब्ध हुनेछ।

एक्स्पोमा ७ वटा ब्राण्डका चारपांग्रे,एउटा तीनपांग्रे, दुई पांग्रे, २ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता छ।

वि.सं.२०७९ भदौ २७ सोमवार १६:०० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...