back
NMB ad

यस्तो छ, तपाइँको आजको राशिफल

Kumari bank ad
आजको पात्रो: आज२८ भदौं, २०७९, मंगलबार । तद्नुसार सेप्टेम्बर महिनाको १३ तारिक २०२२ । आश्विनकृष्णपक्ष तृतीया पर सोह्र श्राद्ध चतुर्थी तिथि, विष्टि करण, रेवती नक्षत्र, बृद्धि योग, चन्द्रमा मीन राशिमा रहेको छ । आजको देवता सूर्य र ग्रहदेव बुध रहेको छ । आजको दिन गणेश र हुनमानको साधना गर्नु उत्तम हुनेछ । पितृ पक्ष भएका हुनाले यो समयमा आफ्ना मृतक पितृहरुको सम्झनामा तर्पण गर्ने र पितृको मृत्यु भएको दिन श्रद्रापूर्वक श्राद्ध गर्ने चलन रहेको छ । आज विहान ११ः३६ देखि १२ः२५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय निकै शुभ मानिन्छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातको लागि हरेक मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । व्यापार ब्यबसायबाट पनि लाभ मिल्नेछ ।  दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद नगर्नुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा बढी यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातका लागि आजको दिन  निकै शुभ रहेको छ । ब्यापार ब्यबसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईको गर्ने काममा सफलता मिल्नेछ । आज मिथुन राशिका जातकहरुले नयाँ काम गर्न सक्नुहुनेछ । यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति विरोध गर्नेले तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुँदा तपाईको लागि हानी हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिहं राशिका जातकका लागि आजको दिन मौन रहनु हित हुनेछ । घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई दुःख र धोका हुनसक्छ । आजको दिन विहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले तपाईलाई उर्जा मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान मिल्न सक्छ । व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र बृद्ध व्यक्तिहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।  या  त्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछैन ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापार ब्यबसायबाट लाभ हुने देखिन्छ ।  आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा प्राप्त हुनेछ । आज चन्द्रमाको साथ रहेकोल तपाईले सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । ब्यापार ब्यबसायमा तपाईको आजको सफलता मिल्नेछ । तपाईलाई परेका अप्ठाराहरुका समाधानका बाटा खुल्दै जानेछ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  मकर राशिका जातकले हरेक साता मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुँदै जानेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

व्यापार ब्याबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिका जातका लागि मंगलबारको दिन विहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ।  चन्द्रमाको साथ रहेको छ । आजको दिन विहान सूर्योदयको दर्शन गर्नुहोला ।

वि.सं.२०७९ भदौ २८ मंगलवार ०६:५२ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...