back

भिजिट भिसामा यूएई पुगेका नौ नेपाली युवा ११ महिनादेखि जेलमा

Kumari bank ad

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि नौ नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ ।

उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेका थिए । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुँजेल, सिन्धुपाल्चोककै विनोद लामा र पाल्पाका सूर्यबहादुर नेपाली छन् ।

पीडितहरूले विनाकारण जेलमा परेको भन्दै आबुधावीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईसमक्ष उद्दारका लागि गुहार मागेका छन् ।

दुतावास र एनआरएनएलाई पठाएको पत्रमा उनीहरूले ११ महिनादेखि विना कसुर जेलमा फसेको उल्लेख गरेका छन् । ‘हामीहरू फरक फरक एजेण्टमार्फत भिजिट भिसामा आएका थियौँ । इन्टरनेट सिटीमा रहेको एक चाइनिज व्यक्तिले भिसा लगाइ दिन्छु भन्दै आठ महिनासम्म बन्धक बनाएर राखेको थियो,’ पत्रमा उल्लेख छ ।

दुबई पुगेपछि इन्टरनेट सिटीमा चिनियाँ नागरिकले एउटा भिल्लामा खाना बनाउने, सरसफाइ गर्ने आदि काम दिएको र घर बाहिर कतै जान नदिएको उनीहरूले बताएका छन् । ‘हामीहरूमध्ये कोही राति भागेर अलपत्र परेका थियौं र भाग्न नसक्ने त्यही बसेर काम गरिरहेका थियौँ,’ पीडितहरूको भनाइ छ, ‘चिनियाँ नागरिक के गर्थे हामीलाई थाहा हुन्न थियो ।’

त्यहाँबाट भाग्ने प्रयास गरेको तर सफल नभएको उनीहरूको भनाइ छ । ‘भाग्ने कोसिस गर्दा पनि सकिरहेका थिएनौँ । पछि अचानक पुलिस आएर समातेर लग्यो,’ उनीहरूले भनेका छन् ।

उनीहरूले आफूहरू निर्दोष भएकाले उद्दार गरिदिन दुतावास र एनआएनएसमक्ष याचना गरेका छन् । ‘हामी निर्दोष छौं । हामीलाई न्याय दिलाइदिनुस्,’ उनीहरुले पत्रमा भनेका छन् । पीडितहरूका अनुसार अहिले एक सय जना चिनियाँ नागरिक पनि आफूहरुसँगै जेलमा छन् ।

उनीहरू कसरी र को मार्फत् चिनियाँ नागरिकको सम्पर्कमा पुगे भन्नेबारे थप जानकारी खुल्न बाँकी छ। उनीहरूलाई यूएईको साइबर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको आशंका छ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १६:१९ मा प्रकाशित

You can share this post!

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१५

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१३

दमौली (तनहुँ), ११ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन...

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०७

काठमाडौँ, ११ फागुन : देशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च)...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:३१

कीर्तिपुर, ११ फागुनः त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले...