back
NMB ad

नेपालमा लुमिनसको प्रिमियम इन्भर्टर -आइकन ११०० सार्वजनिक

Kumari bank ad

काठमाडौं । लुमिनस पावर ब्याकअप सोलुसनका लागि नेपालको एकमात्र आधिकारिक बितरक अमट्रेड प्रालीले हालै नयाँ मोडलको लुमिनस इन्भर्टर -आइकन ११०० सार्वजनिक गरेको छ ।

अमट्रेड प्रालीले उक्त इन्भर्टर बाकु, अजरबैजानमा हालै सम्पन्न गरेको डिलर कन्फरेनस् २०२२ मा सार्वजनिक गरेको हो। कार्यक्रममा अमट्रेड प्रालीका शीर्ष बिक्री लक्ष्य हासिल गर्ने ३० भन्दा धेरै डिलरको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि लुमिनस पावर टेक्नोलोजी प्रालीका गौरव शर्माले आइकन ११०० इन्भर्टर सिरिजले इन्भर्टर ब्याट्री बजारमा क्रान्तिकारी परिवर्तन ल्याउने बताउनुभएको छ । कार्यक्रममा उहाँले विभन्न कारणले ग्रिड पावर असफल हुँदा आइकन ११०० को साइन वेभ आउटपुटले स्थिर पावर ब्याकअप दिनुका साथै यसको अल्ट्रा प्रिमियम डिजाइनले नेपाली ग्राहकहरुको बैठक कोठा र घरमा प्रिमियम र आधुनिक लुक थप्न मद्दत गर्ने पनि बताउनुभएको छ।

साथै उँहाले ९०० भोल्ट एम्पीयर रेटिङ भएको आइकन ११०० इन्भर्टर भित्र १५० देखि २२० एम्पीयर सम्मको टल ट्यूबलर ब्याट्री जडान गर्न सकिने भएकाले खुला तारहरू नदेखिने र ब्याट्री इन्भर्टरमा इन्क्याप्सुलेटेड भएकाले बालबालिकाको सुरक्षाको दृष्टिकोणले पनि यो इन्भर्टर उपयुक्त भएको बताउनुभएको छ ।

सो कार्यक्रममा अमट्रेड प्रालीका सञ्चालन प्रमुख योगराज ढुंगाना र लुमिनस पावर टेक्नोलोजी प्रालीका गौरव शर्माले २ जना डिलरलाई स्टार डिलर अवार्ड प्रदान गर्नुका साथै सम्पुर्ण डिलरहरुलाई मायाको चिनो पनि प्रदान गर्नुभएको थियो ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १७:२७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...