back
NMB ad

सेयरधनीलाई अग्राधिकार सेयरको लाभांश बुझिदिन एभरेष्ट बैंकले निकाल्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकको ७ प्रतिशत अग्राधिकार सेयर अब पूर्णरुपमा साधारण सेयरमा परिणत हुने भएको छ । बैंकले हरेक ३/३ वर्षमा २० प्रतिशत का दरले अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने प्रावधान अनुरुप पाँचौं तथा अन्तिम पटक असोज ६ गते परिणत हुने जानकारी गराएको छ ।

तसर्थ, उक्त अग्राधिकार सेयर असोज ६ गतेसम्म कारोबार हुने र त्यसपछि सूचीकरण खारेज गरिने बैंकले जनाएको छ ।

यता, बैंकले भौतिक रुपमा रहेको अग्राधिकार सेयर डिम्याट गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ ।

साथै उपत्यका भित्रका सेयरधनीले एभरेष्टको मुख्य कार्यालय, लाजिम्पाट काठमाडौं र उपत्यका बाहिरका सेयरधनीहरुले पायक पर्ने शाखामा अग्राधिकार सेयरको सक्कल प्रमाणपत्रसहित उपस्थित हुनुपर्नेछ ।

हालसम्म अग्राधिकार सेयरबाट प्राप्त नगद लाभांश नलिएका सेयरधनीहरुले बैंकको सेयर शाखामार्फत लिन सक्ने पनि बैंकले जानकारी गराएको छ ।

वि.सं.२०७९ भदौ ३१ शुक्रवार १२:३४ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...