back
NMB ad

यु-२० एएफसी एसियन कप छनोटः नेपाल जितविहीन

Kumari bank ad

काठमाडौं । एएफसी यु-२० एसियन कप छनोटको अन्तिम खेलमा आइतबार बंगलादेशसँग ३-० को नतिजामा पराजित भएसँगै नेपाल समूह ुबीुमा जितविहीन भएको छ । सुरुआती तीन खेलमा पराजय भोगेको नेपाली टिम अन्तिम खेलमा सान्त्वना जितको अपेक्षासहित मैदानमा उत्रिएको थियो ।

तर, सुरुआती समयमै दश जना र पहिलो हाफमै ९ जनामा सीमित भएपछि नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वीविरुद्धको हार टार्न सकेन ।

बहराइनमा भएको छनोट अन्तर्गत नेपाल पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा कतारसँग ३–१ को हार बेहोरेको नेपालले बहराइनसँग १० जनामा सीमित हुँदा ६–० को फराकिलो नतिजामा पराजित हुनु परेको थियो ।

आइतबार राति छैटौं मिनेटमा नेपाली रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै बंगलादेशका मोजिबोर जोनीले पहिलो गोल गरेका थिए । त्यसको चार मिनेट नबित्दै बंगलादेशले पियास नोभाको गोलबाट अग्रता दोब्बर पारेको थियो ।

बंगलादेशी खेलाडीलाई कुहिनाले प्रहार गरेपछि २६औं मिनेटमा नेपालका सेन्टर ब्याक अजय चौधरीले रातो कार्डको सामना गर्नु परेको थियो ।

त्यसको ६ मिनेटअघि सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गरेका कप्तान आयुष घलान अभद्र व्यबहारका कारण रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । आयुषसँग अभद्र व्यबहारमा सामेल भएकै कारण बंगलादेशका अजिजुल हकी पनि दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए ।

दोस्रो हाफको सुरुआतदेखि नै बंगलादेशले दबाब बनाएको थियो । बंगलादेशी फरवार्ड नोभाले दायाँतर्फबाट दिएको क्रसलाई साजिद हसनले गोलमा परिणत गरे ।

वि.सं.२०७९ असोज ३ सोमवार ०७:५७ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...