back
NMB ad

५० प्रतिशतसम्म छुटमा शुक्रबारदेखि भृकुटीमण्डपमा दशैं लक्षित स्टक क्लियरेन्स मेला

Kumari bank ad

काठमाडौं । दशैंको अवसर पारेर आउँदो शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो ।

बजारको तुलनामा दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए । “एकै छानामुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्धेश्यले मेला आयोजना गरिएको हो,” प्रधानले भने ।

नेपाल, भारत, चिन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलालाई डिस होम फाइबर नेटले प्रवद्र्धन गरेको छ ।

प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजिपे मार्फट भुक्तानी गर्दा ५० प्रतिशतसम्म दशैं विशेष छुट पाउने छन् । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताए ।

मेलामा दशैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए । “मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यक्ता अनुसारका सामानहरु राखिनेछ । बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ,” प्रधानले भने ।

दशैंको किनमेलका लागि उपभोक्ता बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्नका लागि एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गरिएको उनको भनाई छ ।

असोज ७ गते सुरु हुने मेला १० गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।

वि.सं.२०७९ असोज ३ सोमवार १३:०५ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...