back
NMB ad

अजित र राजपुरालाई रोड रेस उपाधि

Kumari bank ad

काठमाडौं।अखिल क्रान्तिकारीले आयोजन गरिएको काठमाण्डौ रोड रेस २०७९ मा उपाधि पिनाकल कलेजका अजितकुमार यादव पुरुष तर्फ र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जित्न सफल भएका छन् ।

५ किलोमिटको दौड अजितले १७ मिनट ४५।३ सेकेन्डका साथ र राजपुराले २० मिनट ३५।७५ सेकेन्डका साथ पुरा गरेका थिए । विजयी खेलाडीहरूले नगद २५ हजार, सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबका सन्तोष विक्रम बिष्टले निर्धारित दूरी २० मिनट ३५।७५ सेकेन्डका साथ पूरा गर्दै दोस्रो भए । यस्तै १८ मिनट ६।१ सेकेन्डका साथ त्रिभुवन आर्मी क्लबका मोहन देव जोशी तेस्रो भए ।

महिला तर्फ २० मिनट ५०।१५ सेकेन्डका साथ पुलिस क्लबकी राममाया बुढा दोश्रो र रेखा बिष्ट २१ मिनट ३।३५ सेकेन्डका साथ तेश्रो भए । दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल, ट्रफी र प्रमाणपत्रका साथ क्रमशः नगद २० हजार र १५ हजार प्राप्त गरे ।

प्रतियोतिमा ३६५ पुरुष र ११२ जना महिला गरि कुल ४७७ जनाको सहभागिता रहेको थियो । रेस दशरथ रंगशालाबाट सुरु गरि थापाथली, माइतीघर, बबरमहल, बिजुलीबजार पुल हुँदै एभरेष्ट होटलको अगाडिको डिभाईडर हुँदै पुनस् रंगशालामा आएर समापन भएको थियो ।

 

वि.सं.२०७९ असोज ३ सोमवार १३:२५ मा प्रकाशित

You can share this post!

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...