back
NMB ad

१ दर्जन कम्पनीको सेयर मूल्य उच्च दरमा घट्यो, प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं । विभिन्न १ दर्जन कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यतिबेला बरुण हाइड्रोपावर लगायतका १२ कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म बरुण हाइड्रोपावरको सेयर मूल्य ७.०७ प्रतिशत अर्थात १६ रुपैंया ४० पैसाले घटेर २१५ रुपैंया ६० पैसा कायम भएको छ ।

राप्ती हाइड्रोको सेयर मूल्य ६.६९ प्रतिशत अर्थात प्रतिकित्ता १७ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य २३७ रुपैयाँ कायम भएको छ ।

यस्तै, श्वेत गंगा हाइड्रो पावरको सेयर मूल्य पनि ६.३७ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५रुपैंया ८० पैसाले घटेर २३२ रुपैयाँ ३० पैसा कायम भएको छ ।

यतिबेला अपर सोलु हाइड्रोको सेयर मूल्य ६.२६ प्रतिशत अर्थात १८.७० रुपैयाले घटेर २८०.१० रुपैया कायम भएको छ ।

यति बेला साहस उर्जाको ६.०३ प्रतिशत, दार्दी खोला जलविद्युतको ५.७२ प्रतिशत,लिब्रेटी इनर्जीको ५.७० प्रतिशत र हिमालयन हाइड्रोपावरको ५.६४ प्रतिशतले सेयर मूल्य घटेको हो ।

वि.सं.२०७९ असोज ४ मंगलवार १३:२४ मा प्रकाशित

You can share this post!

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २ बुधवार १७:४६

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन...

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

सन्दीप लामिछानेले पाए सफाई, फेरि क्रिकेटमा फर्किन योग्य

वि.सं.२०८१ जेठ २ बुधवार १७:१७

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा...

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

वि.सं.२०८१ जेठ २ बुधवार १७:०१

काठमाडौँ, २ जेठ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५५

काठमाडौँ, २ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५०

काठमाडौँ, २ जेठ : आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर...

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

वि.सं.२०८१ जेठ २ बुधवार १६:४६

काठमाडौँ, २ जेठ : सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु...