back
NMB ad

कृषि बैंकले निक्षेपमा ब्याज बढायो, रकम दोब्बर हुन लाग्ने समय अवधि घट्यो

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले आफ्ना ग्राहकहरुको लागि निक्षेपको व्याजदरमा भारी बृद्धि गरेको छ ।

बैंकले जारी गरेको सूचनाअनुसार यही २०७९ आश्विन १ गतेदेखि लागुूहुने गरी निक्षेपका विभिन्न शीर्षकहरुको व्याजदरमा बृद्धि गरेको हो । अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने क्रममा बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक किस्तामा रकम जम्मा गरी खाता खोल्न सकिने प्रोडक्ट जारी गरेको छ ।

बैंकले आफ्नो नयाँ सेवा ‘लखपति करोडपति धमाका’ ल्याएको छ । यसमा हजार राखे लाख र लाख राखे करोड पाउनुका साथै न्युनतम रकम र निश्चित अवधिमा राखिएको रकमको दुई गुणा, तीन गुणा र पाँच गुणा हुने गरी प्रतिफल प्राप्त गर्न जम्मा गर्नु पर्ने निक्षेप रकम र अवधि घटाएको छ । यसले गर्दा यस सेवा उपभोग गर्ने ग्राहकले अझै बढी सेवाको महसुस गर्ने भएका छन् ।

साथै वडादशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबैं नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्धति, सेवानिवृत्त कर्मचारी मुद्धति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट,CRN, Locker सेवामा विशेष छुट प्रदान गरेको छ । सेवा प्राप्तीका लागि नजिकैको शाखा वा अनलाइनबाट पनि खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

वि.सं.२०७९ असोज ५ बुधवार १५:५९ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...