काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डले इकाइधनीलाई नगद लाभांश वितरण सुरु गरेको छ ।
कम्पनीले बिहीबार (असोज ६ गते) बाट फन्डको योजना व्यवस्थापक सनराइज क्यापिटलले बिहीबारदेखि डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाइधनीहरुलाई नगद जम्मा गर्ने जनाएको छ ।
फन्डले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीलाई १२ प्रतिशतका दरले नगद लाभांश दिएको हो ।
वि.सं.२०७९ असोज ६ बिहीवार १०:४६ मा प्रकाशित