back
Kumari Bank

२२० केभी राष्ट्रिय प्रसारण लाइन प्रभावितद्वारा उचित मुआब्जा नपाएको गुनासो

Nepal Bank

लमजुङ । लमजुङको मर्स्याङ्दी करिडोरमा निर्माण हुँदै गरेको २२० केभी राष्ट्रिय प्रसारण लाइन आयोजनाले उचित मुआब्जा नदिएको प्रभावितहरूले गुनासो गरेका छन् । आयोजनाको बारेमा स्थानीयलाई जानकारी नदिईकन काम सुरु गरेको उनीहरूले आरोप लगाएका छन् । उनीहरूले पुनः मूल्यांकन गर्नुपर्ने भन्दै उचित क्षतिपूर्तिको मागसमेत गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको मर्स्यङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित नागरिकको मानव अधिकार अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी आयोजना प्रभावितहरूले यस्तो गुनासो गरेका हुन् ।

जग्गाको मूल्य निर्धारण गर्दा समानुपातिक मूल्य निर्धारण नभएको प्रभावितहरूले आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयमा मौखिक/लिखित पत्र बुझाउँदा पनि गुनासो सुनुवाइ नभएको पीडितहरूले बताएका छन् । स्थानीयलाई जानकारी नदिई मुआब्जाका लागि जग्गाको मूल्य निर्धारण गरिएको भन्दै प्रभावितहरूले जग्गाको मूल्य निर्धारण गरी उपयोगविहीन जग्गाको शतप्रतिशत मुआब्जा दिनुपर्ने माग गरेका छन् ।

आवास र खेतीयोग्य जमिनको उचित मूल्य निर्धारण नभएको र प्रसारण लाइनको टावरबाहेक तारको दायाँबायाँ प्रभावित क्षेत्रको पनि उचित मुआब्जा दिनुपर्ने प्रभावितहरूको माग छ । विद्युत् पोल रहने जग्गाको मुआब्जा दिए पनि तारको दायाँबायाँ जमिनको मुआव्जा नदिएको भन्दै उक्त जमिन उपयोगमा नआउने भन्दै पूरै मुआब्जा दिनुपर्ने उनीहरूले माग राखेका छन् ।

वि.सं.२०७९ असोज ६ बिहीवार १५:५२ मा प्रकाशित

You can share this post!

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

वि.सं.२०८२ असार १८ बुधवार २१:०४

काठमाडौँ : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

वि.सं.२०८२ असार १८ बुधवार २०:५७

नेपालगञ्ज  : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति...

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित   

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित   

वि.सं.२०८२ असार १८ बुधवार १८:१२

काठमाडौँ : भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।...

TM1 का १०० युनिटभन्दा बढी सडकमा गुड्दै: व्यावसायिक ईभीको क्षेत्रमा नयाँ उपलब्धि

TM1 का १०० युनिटभन्दा बढी सडकमा गुड्दै: व्यावसायिक ईभीको क्षेत्रमा नयाँ उपलब्धि

वि.सं.२०८२ असार १८ बुधवार १८:०२

काठमाडौँ : नेपालको व्यावसायिक इलेक्ट्रिक सवारी बजारमा “कमाइको राजा” भनेर...

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा नेपालमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा नेपालमा मनायो अर्थपूर्ण उत्सव

वि.सं.२०८२ असार १८ बुधवार १७:५४

काठमाडौँ : मोटरसाइकल तथा स्कुटर निर्माण क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित...

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८२ असार १८ बुधवार १७:४६

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी...