दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका ६ का दिनेशसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप दुई जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ असोज ७ शुक्रवार ०८:५७ मा प्रकाशित