back
NMB ad

एरोमा विद्युतीय स्कुटरको बिक्रि खुल्ला, यस्तो छ विशेषता, कति पर्छ मुल्य ?

Kumari bank ad

काठमाडौं । आरोग्य मोटर्सले विद्युतीय दुइ पाँग्रे सवारीसाधनको बिक्रि सुभारम्भ गर्न लागेको छ । विगत ५ बर्षदेखि विद्युतीय तीन पाँग्रे सवारीसाधन आयात गरी त्यसको बिक्रि तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको आरोग्यले यही असोज १२ गतेदेखि सातै प्रदेशमा डिलर स्थापना गरी विक्रि वितरण शुरु गर्ने जनाएको छ ।

वातावरणीय प्रभावको सँगसँगै प्रविधिमा भएको आमुल विकासले विश्व बजार नै विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको परिप्रेक्षमा हाम्रो कदम पक्कै पनि फलदायी हुनेमा हामि विश्वस्त छौं आरोग्य मोटर्सले प्रेस विज्ञप्तिमा भनेको छ ।

चीनबाट पार्ट्सहरु ल्याइ नेपालमा नै एसेम्बल गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा तीन पाँग्रे सवारीसाधन बिक्री गर्दै आइरहेकोमा दुई पाँग्रे सवारीसाधन पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्रि वितरणको व्यवस्था मिलाइएको कम्पीले जनाएको छ ।

हालसम्म काठमाण्डांै, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न शहर तथा बजारमा कम्पनीको डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको बताइएको छ । आगामी महिना भरीमा काठमाण्डौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा हाम्रा डिलरहरु विस्तारको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा एरोमा स्कुटरका विभिन्न ३ मोडेल र ५ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् । ३००० वाट क्षमताको मोटर जडित ती स्कुटरहरुमा ७२ भोल्टका ५० तथा ६० एएच लिथिएम बेट्री प्याक उपलब्ध हुनेछन् । ५० एएच बेट्री प्याक भएका स्कुटरको मुल्य २,५८,००० र ६० एएच बेट्री प्याक भएको स्कुटरको मुल्य २,७२,००० राखिएको छ । यसै महिनाको १२ गते देखि ती स्कुटरहरु ग्राहकलाई क्रमशः वितरण गर्ने गरी तयारी गरिएको छ ।

२ घण्टा भन्दा कम समयमा फुल चार्ज गर्न सकिने डेडिकेटेड चार्जर यसमा उपलब्ध हुनेछ । एक पटकको फुल चार्जमा करिब १५० किलोमिटर सम्मको रेन्ज दिने भएकाले पनि धेरैको रोजाईमा एरोमा स्कुटर पर्नेमा कम्पनीले विश्वास गरेको छ ।

१६० एमएम ग्राउण्ड क्लियरेन्स भएकाले कच्ची तथा पक्की दुबै खालको बाटोमा एरोमा स्कुटर चलाउन सहज हुनेछ । यसमा अगाडि र पछाडिका दुबै पाँग्रामा डिस्क ब्रेक प्रयोग गरिएको हुनेछ । एरोमाको आफ्नै ब्राण्ड भएकाले पनि भविष्यमा नेपाली माटो र आवश्यकता सुहाँउदा अन्य मोडेलहरु ल्याई नेपाली बजारमा विक्री वितरण गर्ने पम्पनीले जनाएको छ ।

दशैतिहार तथा छठ पर्वको अवसरमा लक्की ड्र मार्फत १० जना ग्राहकलाई गोसाईकुण्डको हेलि टुरको फेस्टिवल स्किम समेत राखिएको कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले जानकारी दिए ।

कम्पनीले देशका प्रमुख शहरहरुमा डिलर लिन इच्छुक व्यवसायीहरुलाई समेत यसै विज्ञप्ती मार्फत हामिसँग जोडिनका लागि आव्हान गर्दछौं ।

वि.सं.२०७९ असोज ८ शनिवार १८:४९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...