back
NMB ad

जग्गा वर्गीकरणमा किन हुँदैछ ढिलाइ ?

Kumari bank ad

सुर्खेत । स्थानीय तहहरूले भू–उपयोग नीतिअनुरूप जग्गाको वर्गीकरणमा ढिलाइ गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गएको जेठ २३ मा भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

सबै मातहतका कार्यालयमा सोसम्बन्धी पत्राचारसमेत जारी गरिसकेको छ । जसअनुसार हरेक स्थानीय तहले जग्गालाई बसोबास, आवास, कृषिलगायतका १० क्षेत्रमा वर्गीकरण गर्नुपर्ने छ । तर, कर्णालीका स्थानीय सरकारले भने त्यसको प्रक्रिया अझै थालेका छैनन् ।

जाजरकोटस्थित भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले जग्गा वर्गीकरणको लागि कुनै पनि काम सुरु नभएको जनाइन् ।

उनका अनुसार अब दसैँतिहारजस्ता चाडपर्व सकिएपछि मात्रै काम थाल्ने तयारी भइरहेको छ । अन्य पालिकाहरूले पनि केन्द्र सरकारको सर्कुलर अनुसार काम गर्ने तयारी गरिएको जनाएका छन् ।

सुर्खेतको चौकुने गाउँपालिकाले भने जग्गा वर्गीकरण प्रक्रिया सुरु गरिए पनि विविध समस्याका कारण अहिले काम रोकेको छ । गाउँपालिका अध्यक्ष खड्क विकका अनुसार जग्गा वर्गीकरणको लागि समिति गठन गरिएका छन् । ‘प्रत्येक वडामा जग्गा वर्गीकरण गर्न भन्दै समिति गठन गरेका छौँ । तर, हालै आएको बाढीपहिरोका कारण त्यो काम अगाडि बढेको छैन,’ उनले भने ।

अहिले पालिकामा बाढीपहिरोका कारण काम स्थगित गर्नुपरेको जनाए । जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले पनि अहिले जनशक्ति अभाव भएको भन्दै निर्वाचनपछि मात्रै पालिकाभित्रको जग्गा वर्गीकरणको काम सुरु हुने बताए । कालीकोटको खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले जग्गा वर्गीकरणको लागि प्रक्रिया थालिएको बताए ।

उनका अनुसार त्यसका लागि अहिले पालिकाले सरोकारवालासँग छलफल गरिरहेको छ । कतिपय स्थानीय तहहरूमा जग्गा वर्गीकरणका लागि कर्मचारीको अभाव रहेको समेत बताइएको छ । उक्त कामका लागि विशेष गरी प्राविधिकतर्फका कर्मचारी नहुँदा समस्या भइरहेको छ ।

वि.सं.२०७९ असोज ८ शनिवार १९:३५ मा प्रकाशित

You can share this post!

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२१

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको...

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...