back
NMB ad

एभरेष्ट बैंकको मोबाइल एपमार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा छुट

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहकले एभरेष्ट बैंकको मोबाइल एपमार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र एभरेष्ट बैंकका बीचमा ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा एभरेष्ट बैंकका डिजिटल बैंकिङ प्रमुख शंकर पोखरेल र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट अफिसर लक्ष्मण महर्जनले हस्ताक्षर गरेका छन् ।

यो योजना असोज ७ गतेदेखि १४ गतेसम्म र कात्तिक २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । नेपालीहरुको महान चाड दसैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।

यसैबीच फोनपेले नेपालीहरुको महान चाड दसैँलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔँ, नगद छाडौँ, फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजनाअन्तर्गत हरेक दिन फोनपे क्यूआर गर्ने, फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एकजना ग्राहकले दैनिक नगद एक लाख रुपैयाँ जित्न सकिनेछ ।

यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङको फोन जित्न सकिनेछ । ग्राहकका लागि यो योजना असोज ४ गतेदेखि असोज १३ गतेसम्म लागू हुनेछ भने मर्चेन्टहरुले कात्तिक १२ गतेसम्म हरेक दिन मोबाइल जित्न सकिनेछ ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । १ करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

एभरेष्ट बैंक नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा वर्गीकरण गरेको वाणिज्य बैंक हो । देशभर ३९ हजार १६७ डेलिभरी च्यानल, १० हजार ९८ आन्तरिक शाखा भएको एभरेष्ट बैंकसँग १५ हजार ७१९ व्यापारिक घराना आबद्ध रहेका छन् । यसका साथै बैंकका २ अन्तर्राष्ट्रिय शाखा र देशभर १३ हजार ३५० एटीएम बुथ रहेका छन् ।

वि.सं.२०७९ असोज १० सोमवार ११:४० मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...