back
NMB ad

एनसिसी र कुमारी बैंकले मर्जरमा जाने, चुक्तापुँजी २५.२४ अर्ब पुग्ने

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र कुमारी बैंक एक आपसमा गाभिने भएका छन्। सोमबार दुई बैैंकबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

दुई बैंकबीच विगत केहि समयदेखि मर्जरको लागि कुरा चल्दै आएको थियो। सञ्चालकहरुको कुरा मिलेपछि सोमबार मर्जरमा जाने सम्झौता भएको छ।

प्रारम्भिक सम्झौता अनुसार दुई बैंकले एक बराबर एक शेयरको अनुपातमा मर्ज हुनेगरी सम्झौता गरेका छन्। यद्यपि डिडिए रिपोर्ट आएपछि यो अनुपात फरक पर्न सक्छ। मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका हालका सिइओ रमेशराज अर्याल हुनेछन्।

सोमबार मेरियट होटलमा आयोजित एक कार्यक्रममा एनसीसी बैंकका मर्जर कमिटीमा संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन्।

हाल कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ। दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्नेछ।

वि.सं.२०७९ असोज १० सोमवार १७:२५ मा प्रकाशित

You can share this post!

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४०

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु...

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:३६

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...