back
NMB ad

यस्तो छ, आजको फलफूल तथा तरकारीको मुल्य

Kumari bank ad

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्कूसको मूल्य सबैभन्दा सस्तो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने कुरीलोको भाउ बढेर ९०० रुपैयाँ पुगेको छ । यो समितिले प्रकाशित गरेको मूल्यसूचीअनुसार सबैभन्दा महङ्गो तरकारी हो ।

त्यस्तै आज अदुवाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९० रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ, कागती २४० रुपैयाँ, किवि ३२५ रुपैयाँ, केरा १२५ रुपैयाँ, अकबरे खुर्सानी ९६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी तराई गाजरको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, घिरौला ६५ रुपैयाँ, चिचिण्डो ४३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २३३ रुपैयाँ ३३ पैसा र डल्ले च्याउ ४२५ रुपैयाँ रहेको छ ।

यसैगरी आज माछाको भाउ प्रतिकेजी २४५ रुपैयाँदेखि ३४६ रुपैयाँ ६७ पैसासम्म पर्नेछ भने तामा र तोफु १०६ रुपैयाँ ६७ पैसा, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, निबुवा ४५ रुपैयाँ, परवर ४७ रुपैयाँ ५० पैसा, पिंडालू ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तने बोडी ९२ रुपैयाँ, ब्रोकाउली ३३३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भन्टा डल्लो ६५ रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, भेडे खुर्सानी ११५ रुपैयाँ, सेतो मूला ३५ रुपैयाँ, रायोको साग ११६ रुपैयाँ ६७ पैसा, लप्सी ५५ रुपैयाँ, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ असोज ११ मंगलवार ०९:४६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...