काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २०० रुपैंयाले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आजको लागि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकेको छ ।
त्यसैगरी, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७९ असोज १२ बुधवार ११:३३ मा प्रकाशित