back
NMB ad

बजारमा नयाँ ब्राण्ड एरोमा डर्ट बाईक भित्रियो, यस्तो छ मूल्य र विशेषता

Kumari bank ad

काठमाडौं । विगत ५ बर्ष देखि विभिन्न सवारीसाधन आयात गरी त्यसको बिक्रि तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको श्री आरोग्य मोटर्सले २ सय सिसि क्षमताको डर्ट बाईक बजारमा ल्याएको छ ।
नेपालको भौगोलिक अवस्था सुहाउँदो डर्ट बाईक अति उपयुक्त रहेको कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले जानकारी दिनुभयो ।

चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा सवारीसाधन आयात गर्दै आइरहेको आरोग्य मोटर्सले डर्ट बाइक पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्रि वितरणको व्यवस्था मिलाएको शर्माले जानकारी दिनुभयो ।

नेपालका अधिकाँस सडकहरु कच्चि, अर्धकच्चि तथा ग्राभेल र खाल्डाखुल्डी हुनाले बाईकको ग्राउण्ड क्लियरेन्स अधिक हुनुपर्ने वाध्यताले गर्दा सो बाईकको ग्राउण्ड क्लियरेन्स २८० एमएम राखिएको छ । त्यसै गरी त्यस्ता सडकहरुमा उकालो ओरालो बढी हुने हुनाले यो बाईक २ सय सिसि क्षमताको रहेको छ । जसका कारण भैपरि आउने समस्याको चिन्ता नहुने कम्पनीले जनाएको छ ।
एअर कुल्ड सहित सिंगल सिलिण्डरको ईन्जिन रहेको सो बाईकले ८६०० आरपिएममा १४.८ एचपि पावर सिर्जना गर्छ भने ६५०० आरपिएममा १४.९ एनएम टर्क सिर्जना गर्दछ । नेट तौल ११५ किलोग्राम रहेको बाईकले एक लिटर पेटोलमा ४० किलोमिटर भन्दा बढीको माईलेज प्रदान गर्दछ ।
पहिलो चरणमा एरोमा डर्ट बाईकको १ मोडेल र २ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् ।

हाईडोलिक सस्पेन्सन सहितको आरामदायक यो बाईकमा १७ इन्चको स्पोक व्हिल दिइएको छ । १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिन्छ ।
एरोमा डर्ट बाइकको अहिले परिचयात्मक मुल्यको रुपमा रु. ४,८६,००० (चार लाख छयासी हजार) मा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एरोमा डर्ट बाइक खरिद गर्ने हरेक ग्राहकलाई मुस्ताङ्ग यात्राको फेस्टिवल स्किम समेत राखिएको छ ।
हाल आरोग्यसंग जोडिएका डिलर नेटवर्क र शाखा कार्यालय तथा थप जोडिने डिलरहरुबाट बिक्रिका लागि व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

हालसम्म काठमाण्डौं, भक्तपुर, पोखरा, दाङ्ग, नेपालगञ्ज, गुलरीया, धनगढी, टीकापुर, अत्तरीया र महेन्द्रनगमा हाम्रो डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको बताइएको छ । निकट भविष्यमा काठमाण्डौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा डिलरहरु विस्तारको तयारी भइरहेको कम्पनीले डिलर लिन इच्छुकलाई आव्हान समेत गरेको छ ।

वि.सं.२०७९ असोज १२ बुधवार १७:४३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...