back
NMB ad

प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान

Kumari bank ad

प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान
मोहन जोशी, धनगढी । दसैंका लागि घर जान चाहने यात्रुको सुरक्षाका लागि प्रहरी सहायता कक्ष निर्माण गरिए पनि यात्रु भने सुरक्षित बन्न सकेका छैनन् ।

टिकटका लागि बसपार्क पुग्ने यात्रु यातायात मज्दुरको व्यवहारका कारण समस्यामा पर्न थालेका हुन् । ‘बस्पार्क छिर्नेवित्तिकै मेरो गाडीमा आउ भन्नेको लाइन हुन्छ,’ डोटीका लागि टिकट काट्न धनगढी बसपार्क पुगेका शिव फुलाराले भने, ‘टिकट काउण्टरमा जानै दिंदैनन्, बाहिरै तानातान हुन्छ ।’

बसपार्कमा नजिकै प्रहरी खटिएका भए पनि उनीहरूले यातायात व्यवसायीको व्यवहारका बारेमा खास्सै चासो नदेखाउने गरेको उनले बताए । ‘प्रहरीकै अगाडी यात्रुको बार्गेनिङ हुन्छ, यात्रुको तानातान हुन्छ,’ उनले भने, ‘तर उनीहरूले केही भन्दैनन्, सहायता कक्ष सञ्चालन गरेको कुनै अर्थ नै छैन ।’

अछामका रोजेन्द्र साउदले पनि बसपार्कमा टिकट काट्नै समस्या भएको बताए । ‘टिकटका लागि काउण्टर जान नपाउँदै एक्स्ट्रा गाडीमा राम्रो सिट छ, सस्तोमा गाडी पाइन्छ भन्दै बार्गेनिङ हुनेगरेको छ,’ उनले भने, ‘यस विषयमा प्रहरको ध्यान जानु आवश्यक छ ।’

प्रहरीले भने यात्रुलाई दुर्व्यवहार भएको बारेमा हालसम्म कुनै उजुरी नआएको जनाएको छ । यात्रुकै सुरक्षाका लागि भनेर जिल्लाका नौ स्थानमा यात्रु सहायता कक्षा राखिएका छन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज वकिलबहादुर सिंहले भने, ‘ती क्षत्रबाट अहिलेसम्म त्यसतो कुनै गुनासो आएको छैन, गुनासो आएमा त्यसो गर्नेलाई तत्काल कारबाही गरिने छ ।’

सवारीमा यात्रुको तानातान हुन नदिन, विचौलियाबाट किटकमा हुने कालोबजारी रोक्न, क्षमताभन्दा बढी यात्रु राख्न नदिन यात्रु सहायता कक्ष स्थापना गरिएको उनले बताए । त्यसका साथै सवारीको प्राबिधिक चेकजाँच गर्ने व्यवस्था समेत मिलाइएको उनले बताए । बस छुट्न अघि त्यसको कण्डिसन कस्तोछ, कहिले सर्भिस गरिएको हो भन्ने बारेमा जानकारी लग्न यातायात व्यवस्था कार्यालयको सहयोगमा बसपार्कमै यातायात इन्जिनियर राखेर सवारीको चेकजाँच गर्ने व्यवस्था गरिएको इन्चार्ज सिंहले बताए ।

ट्राफिक प्रहरीले धनगढी बसपार्क, त्रिनगर प्रहरी चौकी, गोदावरी, चौमाला, सुख्खड, लम्की, चिसापानी, टिकापुर र अत्तरियामा यात्रु सहायता कक्षा सञ्चालन गरेको छ । उनका अनुसार हालसम्म प्राविधिक टोलीले ३९ सवारीको चेकजाँच गरेका छन् । उनले क्षमताभन्दा बढी यात्रु राखेको पाइएमा तत्काल यात्रु झार्न लगाइने गरेको बताए । ‘बसपार्कबाटै बढी यात्रु राख्न नदिएपछि बाटोमा समस्या हुँदैन,’ उनले भने, ‘त्यसैले हामीले बसपार्कमै कडाई गरेका छौं, बाटोमा चेकजाँच गर्दा बढी यात्रु भेटिएको पाइएमा पनि झार्ने गरेका छौं ।’

वि.सं.२०७९ असोज १३ बिहीवार १२:३९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...