back
mega bank Ad
Hero Ad

बजार अनुगमनमा खरो उत्रिन् उपमेयर सुनिता : साल्ट ट्रेडिङ, बर्गर हाउस र केएफसीबाट अखाद्य वस्तु जफत

काठमाडौं । दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ ।

महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला विक्री गर्न रोक लगाएको छ । उत्पादन अनुज्ञा पत्र नभएकोले यी सामान विक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा अवधेश झाले बताए ।

झाकाअनुसार पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरिएको छ । पेप्सीकोला टाउन प्लानिङ फुटबल ग्राउण्ड नजिक रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र यही तेलमा फ्राइ गरिएको १ किलोग्राम कुखुराको मासु नष्ट गरिएको छ ।

आँखाले स्पष्ट देखिने गरी सडे गलेको हुनाले नष्ट गरिएको अभिलेख उतार गर्दै अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँका खाद्य निरीक्षक नवराज आचार्यले साल्ट टे«डिङ, केएफसी फास्टफुड र द बर्गर हाउसलाई ७ दिनभित्र खाद्य अनुज्ञा पत्र लिएर कार्यालयमा उपस्थित हुन पत्र दिए ।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको हरेक शाखामा खाद्य अनुज्ञा पत्र राख्न र प्याकेजिङ्का लागि घरेलु तथा साना उद्योग कार्यालयको इजाजत पत्र लिन अनुगमन निर्देशन दिएको छ ।
संकटा गणेश मन्दिरबाट धरहरातर्फ रहेका मासु पसलको पनि अनुगमन गरिएको छ ।

महानगरको टोलफ्री नम्बरमा फोन गरेर उजुरी दिन सकिने
काठमाडौं महानगरपालिकाले १६६००१०५५११ नम्बरको टोल फ्रि नम्बर पनि सञ्चालनमा ल्याएको छ ।

महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजकसमेत रहेकी उपमेयरसुनिता डंगोलले आफू ठगिएको शंका लागे महानगरलाई निःशुल्क टोल फ्रि नम्बरमा सम्पर्क गरेर उजुरी दिन आग्रह गरिन् ।

वि.सं.२०७९ असोज १४ शुक्रवार ०७:४९ मा प्रकाशित

You can share this post!

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:५४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।...

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:४८

काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ...

नेपाल राष्ट्र बैंकद्वारा लघुवित्तको लाभांशमा थप कडाइ

नेपाल राष्ट्र बैंकद्वारा लघुवित्तको लाभांशमा थप कडाइ

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:४१

काठमाडाैं । नेपाल राष्ट्र बैंकद्वारा लघुवित्त वित्तीय संस्थाहरूको लाभांशमा थप...

राष्ट्र बैंकको कारबाहीमा पर्यो यी ९ बैंक, हेर्नुहोस् कुन-कुन परे ?

राष्ट्र बैंकको कारबाहीमा पर्यो यी ९ बैंक, हेर्नुहोस् कुन-कुन परे ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १२:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही...

समानुपातिकतर्फ ९६ लाख दुई हजार ५७६ मतगणना सकियाे, कुन दललाई कति ?

समानुपातिकतर्फ ९६ लाख दुई हजार ५७६ मतगणना सकियाे, कुन दललाई कति ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १२:३७

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पछिल्लो मतगणनाअनुसार कुल ९६...