काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्य बढेको छ ।
दशैं पछिको पहिलो कारोबार दिन बैंकको सेयर मूल्य १.३० प्रतिशत अर्थात प्रतिकित्ता २ रुपैयाँ ५० पैसाले बढेर १९४ रुपैंया ५० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ६५ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ३३ हजार ८५७ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ असोज २३ आइतवार १६:२० मा प्रकाशित