back
NMB ad

नवौं राष्ट्रिय खेलकुद: बागमतीको विजयी सुरुआत

Kumari bank ad

काठमाडौं। बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा आइतबार सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७१ रनको योगफल तयार गरेको थियो ।

दोस्रो हाफमा जवाफी ब्याटिङमा उत्रिएको बागमतीले १३.१ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । बागमतीका लागि कञ्चन श्रेष्ठले ४४ बलमा १ चौकासहित २५ रन बनाइन् । यस्तै, सुमन खतिवडा ११ रनमा अविजित रहँदा अस्मिता खरेलले ९ रन जोडेकी थिइन् । आरती विडारी पनि ३ रनमा अविजित रहिन् । सुदूरपश्चिमका लागि यसु पाण्डे मात्र एक विकेट लिन सफल भइन् ।

यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर ७१ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि अनुले २३ बलमा २२ तथा रुबी पोदारले २१ बलमा १२ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

असोज २८ गते मात्रै राष्ट्रिय खेलकुदको उद्घाटन समारोह हुने भए पनि महिला क्रिकेट आजैदेखि सुरु भएको छ । आइतबार भएको पहिलो खेलमा गण्डकीलाई मधेस प्रदेशले ४० रनले पराजित गरेको थियो ।

वि.सं.२०७९ असोज २३ आइतवार १८:५४ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...