back
NMB ad

प्रतिनिधि सभा निर्वाचनः लमजुङमा १३ जनाको मनोनयन दर्ता

Kumari bank ad

लमजुङ । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनितिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचनका लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदारी परेको छ ।

राप्रपा नेपालबाट टकबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी बाट धर्मराज केसी, आमुल परिवर्तन मसिह पार्टीबाट नन्दजंङ गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र प्रसाद प्रजापतीले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी नेपाली कांग्रेस विपीबाट डा। लक्ष्मीकान्त पौडेल, मंगोल नेसनल अर्गनाईजेशन पार्टीबाट बिकास गुरुङ, राप्रपा बाट बालचन्द्र श्रेष्ठ, जनता समाजवादी पार्टीबाट नरेन्द्र बहादुर गुरुङको उम्मेदारी परेको छ भने स्वतन्त्रबाट चन्दन बस्याल, प्रकाश जोशीको उम्मेदारी परेको छ ।

त्यसैगरी प्रदेश सभा क तर्फ नेकपा एमालेका जमिन्द्रमान घले, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ, नेपाली कांग्रेस विपी बाट खुशीमाया गुरुङ, अस्मिता, राप्रपाबाट अप्सरा शाह, जनता समाजबादी पार्टीबाट सरस्वती गुरुङ र मंगोल नेसनल अर्गनाईजेन पार्टीबाट बिर्खबहादुर तामाङको उम्मेदारी परेको छ ।

त्यसैगरी प्रदेश सभा ख तर्फ नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लमजुलका निर्वमान सभापति भेषबहादुर पौडेलको उम्मेदारी परेको छ । त्यसैगरी सोही निर्वाचन क्षेत्रमा हाम्रो नेपाली पार्टीबाट विमल घिमीरे, राप्रपाबाट ततबहादुर गुरुङ, जनता समाजबादी पार्टीबाट युवराज दुरा, मंगोल नेसनलन अर्गनाईजेन पार्टीबाट राज गुरुङ, नेपाली काँग्रेस विपीबाट नवराज बसौलाको उम्मेदारी परेको छ ।

वि.सं.२०७९ असोज २४ सोमवार ०९:१९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...